१ असार २०८२, आईतवार
Follow Us

न्युक्यासलले चेल्सीलाई हरायो

नेपालब्रिटेन संवाददाता
२९ बैशाख २०८२, सोमबार ०५:५४

लन्डन । इङ्लिस प्रिमियर लिग च्याम्पियन लिभरपुलले १० खेलाडीमा समेटिएको आर्सनलसँग २-२ गोलको बराबरी खेलेको छ । एनफिल्डमा गएराति भएको खेलमा लिभरपुलले २ मिनेटभित्र २ गोल गरेको थियो । तर, आर्सनल खेलमा फर्कियो । दुई साताअघि नै प्रिमियर लिग उपाधी सुरक्षित गरिसकेको लिभरपुलका समर्थक उत्साहित थिए ।

२०औं मिनेटमा एन्डी रोबर्टसनको क्रसमा कोडी गाक्पोले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएपछि घरेलु मैदानमा थप खुसियाली छायो । २१औं मिनेटमा लुइस डियासले गोल थपे ।

पहिलो हाफमा लिभरपुल २-० को अग्रतामा रह्यो । ४७औं मिनेटमा आर्सनलका गाब्रिएल मार्टिनेलीले गोल गरे । ७०औं मिनेटमा मिकेल मेरिनोले गोल गरेपछि खेल २-२ को बराबरीमा सकिएको हो ।

७९औं मनेटमा मेरिनो दोहोरो पंहेलो कार्ड पाउँदै मैदान बाहिरिएका थिए । बराबरीपछि लिभरपुलले तालिकामा १५ अंकको अग्रता बनाएको छ । शीर्ष स्थानमा रहेको लिभरपुलको ३६ खेलबाट ८३ अंक छ । दोस्रो स्थानको आर्सनलको ६८ अंक छ । अझै पनि आर्सनललाई अर्को सिजनको च्याम्पियन्स लिगका लागि छनौट हुन आफ्नो खेल जिते पर्याप्त हुनेछ ।

प्रिमियर लिगको अर्को खेलमा न्युक्यासलले दश खेलाडीमा झरेको चेल्सीलाई २-० गोलले हरायो । यो नतिजापछि न्युक्यासलको च्याम्पियन्स लिग छनौट सम्भावना बढेको छ । तेस्रो स्थानमा रहेको न्युक्यासलको ६६ अंक छ । पाँचौ स्थानको चेल्सीको ६३ अंक छ ।

गए राति नै भएको खेलमा वेस्टह्यामले म्यानेस्टर युनाइटेडमाथि २-० गोलको जित हात पार्‍यो ।