२५ असार २०८२, बुधबार
Follow Us

एनआरएनए यूकेको निर्वाचन २६ जुलाईमा, सदस्यता लिन आग्रह

नेपालब्रिटेन संवाददाता
९ जेष्ठ २०८२, शुक्रबार २२:३०

लन्डन। गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेको निर्वाचन आगामी २६ जुलाई २०२५ मा हुने भएको छ।

संघका अध्यक्ष हित काजी गुरुङको अध्यक्षतामा गत बुधवार बसेको बैठकले निर्वाचन जुलाईको अन्तिम साता गर्ने निर्णय गरेको हो। सो बैठकले १२ औं महाधिवेशन आगामी २७ जुलाईमा फार्नबरोस्थित भिलेज होटेलमा गर्ने पनि तय गरेको छ।

निर्वाचन प्रक्रियाका लागि नयाँ सदस्यता तथा नवीकरणको अन्तिम म्याद २५ जून तोकिएको छ। यस अवधिभित्र सबैले सदस्यता लिन वा नवीकरण गरिसक्न संघले आग्रह गरेको छ।

सदस्यता अभियानलाई थप प्रभावकारी बनाउन संघले उपाध्यक्ष मनिष खत्रीलाई सदस्यता अभियान संयोजकको जिम्मेवारी दिएको छ।

बैठकमा संघकी उपाध्यक्षहरू रामशरण सिमखडा, रोजिना प्रधान राई, तथा एनआरएनए यूकेअन्तर्गत विभिन्न राज्य समन्वय परिषदका पदाधिकारी र कार्यसमिति सदस्यहरूको उपस्थिति थियो।

धेरै पढिएको