२९ असार २०८२, आईतवार
Follow Us

कांग्रेसको पदाधिकारी बैठक बूढानीलकण्ठमा जारी

नेपालब्रिटेन संवाददाता
१२ जेष्ठ २०८२, सोमबार ०४:४०

नेपाली कांग्रेसको पदाधिकारी बैठक सभापति शेरबहादुर देउवा निवासमा सुरु भयो। बैठकमा पार्टीका गतिविधि, बजेट र गृहमन्त्रीबारे छलफल हुनेछ।
गृहमन्त्री रमेश लेखकलाई भिजिट भिसा दुरुपयोग र घुस लिएको आरोप लागेको छ, उनले राजीनामा दिनुपर्ने माग छ।
गृहमन्त्री लेखकले आरोप प्रमाणित भए राजनीतिबाटै राजीनामा दिने बताएका छन् र संसदमा यस विषयमा जानकारी गराउनेछन्।
काठमाडौँ । सत्तारुढ दल नेपाली कांग्रेसको पदाधिकारी बैठक सुरु भएको छ । सोमबार बिहान पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बैठक सुरु भएको हो ।

बैठकमा पार्टीका पछिल्ला गतिविधि, राजनीतिक समसामयिक गतिविधि, आगामी आर्थिक वर्षको बजेटबारे छलफल हुनेछ । साथै गृहमन्त्री रमेश लेखकबारे पनि छलफल केन्द्रित हुने बताइएको छ । बैठकमा गृहमन्त्री लेखकसँगै प्रमुख सचेतक श्याम घिमिरे पनि उपस्थित छन् ।

धेरै पढिएको