लण्डन । एमाले महासचिव शंकर पोखरेल पार्टी निकट प्रवासी नेपाली मंच (ओएनएफ) यूकेको नवौ अधिबेशन उद्घाटन गर्न बेलायत भ्रमणमा आउने भएका छन । आगामी १२ जुनमा यूरोप हुदै बेलायतमा भ्रमणमा आउन लागेका महासचिव पोखरेलले नवौं अधिवेशनमा प्रमुख अतिथिका रुपमा भाग लिनेछन । अधिवेशनमा एमाले यूरोप इन्चार्ज घनश्याम पाण्डे र प्रवासी नेपाली अन्तरराष्ट्रिय मंचका अध्यक्ष संजय थापा र प्रवासी नेपाली मंच अन्तरराष्ट्रिय कमिटि सचिवालय सदस्य प्रभु थापासहितका नेताहरु अतिथिका रुपमा सहभागी हुनेछन । आगामी १५ जुनमा बेलायतस्थित लेस्टरमा हुन लागेको नवौं महाधिवेशनले आगामी तीन बर्षका लागि नयाँ नेतृत्व समेत चयन गर्नेछ ।
एमाले महासचिब पोखरेल बेलायत रहँदा नेपाली दुतावास लण्डनद्वारा आयोजित विभिन्न कार्यक्रममा सरिक हुनेछन । त्यस्तै, नेपाल बेलायतबीचको दौत्य सम्बन्ध, नेपाल बेलायतबीचको व्यापार, लगानी, पर्यटन अभिबृद्धि कार्यक्रममा नेता पोखरेल सहभागी हुनेछन । साथै, नेपाल र बेलायती राजनीतिक दलहरुबिच द्विपक्षीय सम्बन्ध अघि बढाउन लण्डनस्थित बेलायती सरकारी निकाय र राजनीतिक दलका विभिन्न पक्षहरुसंग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ । महासचिव पोखरेल लण्डन हाईगेटस्थित कार्ल मार्क्सको समाधि स्थलमा पुष्पगुच्छा अर्पण कार्यक्रमपछि बेलायतस्थित नेपाली समुदायसंग अन्तरक्रिया र भेटघाट गरी पुर्वगोर्खाका आन्दोलन, गैरआवासीय नेपाली नागरिकता र अन्य सरोकारित बिषयमा छलफल गर्नेछन ।
महासचिव पोखरेलले बेलायत भ्रमणमा आउनु अघि काठमाडौंस्थित बेलायती दुतावास भ्रमण गरी महामहिम राजदूत ुरब फेन संग भेट गरेका छन । उनले दुई देशवीचको आपसी चासोको बिषय र आफ्नो आसन्न बेलायत भ्रमणबारे छलफल गरेका छन । महासचिव पोखरेललाई बेलायतमा स्वागत गर्न सम्पुर्ण तयारी भैसकेको ओनएनएफ यूके अ्रध्यक्ष तुंगभद्र भुसालले जानकारी दिए ।