३० श्रावण २०८२, शुक्रबार
Follow Us

नेपालमा बढ्यो कोरोना सङ्क्रमण

नेपालब्रिटेन संवाददाता
२५ जेष्ठ २०८२, आईतवार ०२:१२

काठमाडौं । भारतमा कोरोना सङ्क्रमण बढ्न थालेपछि नेपालमा सतर्कता अपनाउन थालिएको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार नेपालमा गत छ महिनादेखि हालसम्म एक सय जनालाई कोरोना सङ्क्रमण पुष्टि भइसकेको छ । सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टामा मात्र थप चार जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

कोरोना सङ्क्रमण पुष्टि हुने व्यक्ति भारतबाट आएका छन् । भारतमा भने हालसम्म पाँच हजार पाँच सय जनामा कोरोना सङ्क्रमण पुष्टि भइसकेको छ । भारतमा कोरोना फैलिएपछि नेपालमा सतर्कता अपनाउन आग्रह गरिएको हो ।

महाशाखाका निर्देशक डा. चन्द्रभाल झाले त्रिनगर नाकामा तीन जना र एक जनाको झुलाघाट नाकामा एन्टिजेन परीक्षण गर्दा सङ्क्रमण पुष्टि भएको हो । यसअघि पनि सुदूरपश्चिममा शुक्रबार पाँच, बिहीबार एक र बुधबार तीन जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

विश्व स्वास्थ्य सङ्गठनले पनि कोरोना फैलिए पनि पहिलेको जस्तो महामारी हुने, मानिसको मृत्यु हुने सम्भावना कम रहेको जनाएको छ । स्वास्थ्यकर्मीले भिडभाडमा भौतिक दुरी र हातको सरसफाइ जस्ता जनस्वास्थ्यको मापदण्ड अपनाउन अनुरोध गरेका छन् ।

कोरोनाको बढ्दो सङ्क्रमणलाई ध्यानमा राखी मुलुकको प्रवेशविन्दुका सबै स्वास्थ्य केन्द्र, स्वास्थ्य सेवा प्रदान गर्ने संस्थालगायत सबै सरोकारवाला मार्फत आवश्यक निगरानी भइरहेको छ ।

धेरै पढिएको