काठमाडौँ । पञ्जाब किंग्सले आइपीएल २०२५ को उपाधि नजिते पनि कप्तान श्रेयस अय्यरले फ्यानहरुको मायामा कमि भएको छैन ।यसको पछिल्लो उदाहरण फिल्म अभिनेत्री एडन रोजको भनाइ हो, जुन उनले एक अन्तर्वार्तामा दिएकी छन् ।
उनले अय्यरलाई आफ्नो दिमागमा पति मानेको र आफूलाई उनका बच्चाहरूको आमा मानेको बताएर चर्चामा रहेकी छन् ।बिग बोस १८ फेम अभिनेत्री एडन रोजले दिएको एक अन्तर्वार्तामा आफ्नो मनपर्ने क्रिकेटरको बारेमा कुरा गरेकी थिइन् । उनले भनिन्- ‘म श्रेयस अय्यरलाई धेरै मन पराउछु । उनीसँग भेटेकै स्थलमै विवाह गर्न चाहन्छु ।
आफ्नो दिमागमा आफूलाई म उनको बच्चाहरूको आमा मान्छु ।’यस क्रममा रोजले श्रेयसका चार गुणहरू पनि गणना गरिन् । उनलेअय्यर अग्लो रहेको कालो र सुन्दर रहेको बताउदै उनको दाह्री पनि राम्रो रहेको बताइन् ।श्रेयस अय्यरको नेतृत्वमा पञ्जाबले उपाधि जित्न नसके पनि, टोली २०१४ पछि पहिलो पटक फाइनलमा प्रवेश गर्न सफल भयो ।
उनी तीन फरक टोलीसँग आईपीएल फाइनलमा पुग्ने पहिलो कप्तान हुन् । श्रेयस यसअघि २०२० मा दिल्ली क्यापिटल्ससँग र २०२४ मा कोलकाता नाइट राइडर्ससँग आईपीएल फाइनलमा पुगेका थिए । उनको कप्तानीमा, केकेआरले गत वर्ष पनि उपाधि जितेको थियो ।