काठमाडौं । सुनचाँदी व्यवसायीहरुले तिन बुद्धे माग राख्दै रिले अनसन शुरु गरेका छन् ।
सुनमा लगाइएको विलासी कर , भ्याट खारेज र निर्देशिका जारी हुनुपर्ने माग गर्दै नेपाल सुनचाँदी व्यवसायी तथा कालिगढ संघर्ष समितिको अगुवाईमा शान्ति वाटीकामा रिले अनसन शुरु गरिएको हो । शान्तिपूर्ण प्रर्दशन पश्चात चौथो चरणको विरोध कार्यक्रम अनुसार रिले अनसन शुुरु गरिएको व्यवसायीहरुको भनाई छ ।
सरकारले आफुहरुको माग नसुनेको भन्दैं आमरणमा अनसन समेत वस्ते व्यवसायीहरुले चेतावनी दिएका छन् । विलासी करका कारण सुन थप महंगोमा पर्न गई उपभोक्तालाई समेत मर्का पर्ने र व्यवसायबाट पलायन हुनुपर्ने उनीहरुको भनाई छ ।
यहि अवस्थामा बजेट पारीत भए हजारौँ कालिगढहरु बेरोजगार हुनपर्ने अवस्था आउने भन्दैं आफुहरु निरन्तर आन्दोलनमा रहेको नेपाल राष्ट्रिय सुनचाँदी कालिगढ संघले जनाएको छ ।
नेपालभर २० हजार व्यवसायीहरु र २ लाखको हाराहारी कालिगढहरु रहेको बताइएको छ । सुनचाँदीको नीति नियम नहुँदा व्यवसाय गर्न समस्या परेको उनीहरुको भनाई छ ।