२५ असार २०८२, बुधबार
Follow Us

तामाकोशी नदीमा निर्माणाधीन पक्की पुल फेरि भाँचियो

नेपालब्रिटेन संवाददाता
८ असार २०८२, आईतवार १३:२६

काठमाडौं । रामेछापको मन्थली नगरपालिका–६ कुनाउरी र ७ भटौलीलाई जोड्ने तामाकोशी नदीमा निर्माणाधीन पक्की पुल फेरी भाँचिएको छ ।

निर्माणको क्रममा रहेको उक्त पुल आइतबार (आज) बिहान दोस्रोपटक भाँचिएको हो । कालिका–कल्पवृक्ष जेभीले निर्माण गरिरहेको सो पुलको एउटा स्ल्याब गत वैशाखमा पनि भाँचिएको थियो ।

भाँचिएको सोही स्ल्याब निर्माण भइरहेको बेला आज बिहान फेरि भाँचिएको हो । यो पुल निर्माण सम्पन्न गर्ने म्याद २०८२ साल भदौ मसान्तसम्म छ ।

धेरै पढिएको