२५ असार २०८२, बुधबार
Follow Us

लुम्बिनीकी सांसद रायमाझीविरूद्ध पक्राउ पुर्जी जारी

नेपालब्रिटेन संवाददाता
८ असार २०८२, आईतवार १३:२७

काठमाडौं । जनमत पार्टीकी लुम्बिनी प्रदेश सभा सदस्य सुमन शर्मा रायमाझीविरूद्ध पक्राउ पुर्जी जारी भएको छ ।

बर्दियाकी समानुपातिक सांसद रायमाझीविरूद्ध जिल्ला अदालत पर्साले जेठ १६ गते नै उनीविरूद्ध पक्राउ पुर्जी जारी गरेको स्रोतले जानकारी दिएकाे छ । उनीविरूद्ध बैंकिङ कसुरको मुद्दामा पक्राउ पुर्जी जारी भएको हो ।

उनीविरूद्ध ३ लाख २५ हजार रुपैयाँको चेक बाउन्स भएको कसुरमा उनीविरूद्ध पुर्जी आएको पर्सा प्रहरीले बताएकाे छ ।उनलाई पक्राउ गर्न पर्सा प्रहरीले बर्दिया प्रहरीलाई पनि पत्राचार गरिसकेको छ । हाल उनको मोबाइलमा सम्पर्क हुन सकेको छैन ।

धेरै पढिएको