काठमाडौं । नेपालले एसीसी मेन्स यू-१६ इस्ट जोन क्रिकेटमा लगातार दोस्रो जित निकालेको छ ।
नेपालले आज भएको खेलमा जापानलाई ९ विकेटले हराएको हो । जापानले दिएको ८१ रनको सामान्य लक्ष्य नेपालले १४.२ ओभरमा १ विकेटको क्षतिमा पूरा गर्यो । टस जितेर पहिले ब्याटिङ गरेको जापान ३४.३ ओभरमा ८० रनमा अलआउट भएको थियो ।
नेपालले पहिलो खेलमा सिंगापुरलाई ५ विकेटले हराएको थियो । यू-१६ इस्ट जोन कपमा नेपालसहित १० टोलीको सहभागिता छ । नेपाल समूह ए मा सिंगापुर, इन्डोनेसिया, जापान र भुटानसँगै छ ।
नेपालले अब तेस्रो खेलमा २९ जुनमा सिंगापुरसँग खेल्नेछ ।