काठमाडौँ । नेकपा एमालेले प्रदेश र सबै जिल्लाका अधिवेशन सम्पन्न गरेको छ । स्थानीय तहतर्फ ९८ प्रतिशत पालिका,९० प्रतिशत वडा र ५० प्रतिशत टोल कमिटीका अधिवेशन सकिएको पार्टीले जनाएको छ।
पार्टीका महासचिव शंकर पोखरेलले निर्वाचन सबै प्रदेश कमिटीसँगको बैठकपछि आज पार्टी निर्वाचन आयोगको बैठकको रिर्पोटिङको आधारमा सो कुरा उल्लेख गरे ।
सामाजिक सञ्जालमा निर्धारित समयमा नै अधिवेशनहरू सम्पन्न गरेकोमा निर्वाचन आयोगलाई पोखरेलले धन्यवाद ज्ञापन पनि गरे । निर्वाचन आयोगका अध्यक्ष विजय सुब्बाका अनुसार पालिका तर्फ बढीमा १० वटा कमिटीको अधिवेशन गर्न बाँकी रहेको छ ।
ती अधिवेशनहरू विभिन्न कारणले रोकिएका छन् । पार्टीको आन्तरिक व्यवस्थापनपछि तत्काल तिनीहरूको अधिवेशन सक्ने सुब्बाले जानकारी दिए ।
यस्तै, हालसम्म करिब ६ हजार वडाका अधिवेशन सकिएका छन् र बाँकी रहेका वडा अधिवेशनहरू विधान महाधिवेशनभन्दा अघि नै सक्ने गरी काम अघि बढाइएको छ।