२४ असार २०८२, मंगलवार
Follow Us

ओखलढुङ्गामा बलात्कार कसुरमा १० वर्ष कैद फैसला

नेपालब्रिटेन संवाददाता
२४ असार २०८२, मंगलवार ०५:५०

ओखलढुङ्गा । ओखलढुङ्गामा बलात्कार कसुरमा एक पुरुषलाई ओखलढुङ्गा जिल्ला अदालतले दस वर्ष कैद सजाय गरेको छ । एक किशोरीलाई बलात्कार गरेको कसुरमा जिल्लाको सिद्धिचरण नगरपालिका–९ ज्यामिरेका ३८ वर्षीय राजकुमार भुजेललाई दस वर्ष कैद सजायको फैसला भएको हो ।

जिल्ला अदालतका न्यायाधीश गिरिराज गौतमको इजलासले गत असार १६ गते भुजेलले कसुर गरेको ठहर गर्दै कैद सजायको फैसला गरेको हो । अदालतको सोही आदेशले कसुरदार बाट पाँच लाख रुपियाँ जरिबाना र १८ हजार रुपियाँ क्षतिपूर्ति भराउन आदेश भएको जिल्ला अदालतका सूचना अधिकारी प्रमोद रिजालले बताए ।

गत पुस महिनामा बालिकालाई बलात्कार गरेको आरोपमा भुजेलविरुद्ध जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गामा पीडित पक्षले माघ २६ गते जाहेरी दिएका थिए । जाहेरीको आधारमा प्रहरीले भुजेललाई माघ २६ गते नै पक्राउ गरी जिल्ला अदालतमा फागुन १९ गते जवरजस्ती करणी शीर्षकमा मुद्दा दर्ता गरी कारबाही अघि बढाएको थियो । जिल्ला अदालतको आदेशमा आरोपित पुर्पक्षका लागि थुनामा थिए ।

धेरै पढिएको