११ भाद्र २०८२, बुधबार
Follow Us

मधेश प्रदेश सुक्खाग्रस्त घोषणा

नेपालब्रिटेन संवाददाता
२७ असार २०८२, शुक्रबार ०५:५४

काठमाडौँ। मधेश प्रदेश सरकारले मधेशलाई सुक्खाग्रस्त क्षेत्र घोषणा गरेको छ । मनसुनका बेला पनि पानी नपरेपछि बिहीबार साँझ बसेको प्रदेश सरकार मन्त्रिपरिषद् बैठकले मधेशलाई सुक्खाग्रस्त क्षेत्र घोषणा गरेको हो ।

मुख्यमन्त्री सतिशकुमार सिंहले बर्खाका समय पनि पानी नपरेपछि धान रोपाइमा समस्या उत्पन्न भएको र रोपिएका खेतमा पनि धाँजा फाट्न थालेकाले मधेशलाई सुक्खाग्रस्त क्षेत्र घोषणा गरेको जानकारी दिए ।

बैठकले सुक्खाग्रस्त मधेश प्रदेशका किसानहरूका लागि आवश्यक विशेष राहत प्याकेज घोषणा गर्न संघीय सरकारसँग आग्रह समेत गरेको छ । यस्तै कृषि क्षेत्रमा क्रियाशील दातृ निकायहरूलाई पनि आवश्यक सहयोग गर्न मधेश प्रदेश सरकारले आग्रह गरेको छ ।

धेरै पढिएको