लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेको १२औं कार्यसमितिको निर्वाचनका लागि उम्मेदवारी दर्ताको समय सीमा १३ जुलाई २०२५, आइतवार अपराह्न ३ बजेभित्र कायम गरिएको छ। यसअघि प्रकाशित सूचनामा समय सीमामा अन्यथा उल्लेख भएकोले त्यसलाई सच्याउँदै यो आधिकारिक सूचना जारी गरिएको एनआरएनए यूके निर्वाचन समितिले जनाएको छ।
निर्वाचन समितिका अनुसार मतदान प्रक्रिया २६ जुलाई २०२५ मा बिहान ००:०० बजे (मध्यरात) देखि राति २२:०० बजे (१० बजे) सम्म सञ्चालन हुनेछ। यस पटकको सूचनाले यसअघि अनलाइन र प्रिन्ट संस्करणमा प्रकाशित मतदान समयसीमालाई प्रतिस्थापन गरेको निर्वाचन समितिले स्पष्ट पारेको छ।
उम्मेदवारी दर्ता गर्न भौतिक रूपमा उपस्थित हुन चाहने प्रत्याशीहरूले Halfway House, 91 Uxbridge Road, WD3 7DQ Rickmansworth मा सम्पर्क गर्न अनुरोध गरिएको छ।
एनआरएनए यूकेको आसन्न निर्वाचन प्रक्रियामा सबैले गरेको सहयोगप्रति आभार व्यक्त गर्दै निर्वाचन समितिले यही प्रकृयामा निरन्तर सहयोगको अपेक्षा पनि गरेको छ।