११ भाद्र २०८२, बुधबार
Follow Us

उत्तर कोरियाले युक्रेन युद्धमा रुसलाई बिना सर्त समर्थन गर्ने

नेपालब्रिटेन संवाददाता
२९ असार २०८२, आईतवार ०६:०३

उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनले युक्रेनविरुद्धको युद्धमा रुसलाई बिनसर्त समर्थन दिने बताएका छन् ।

उत्तर कोरियाको सरकारी सञ्चार माध्यमका अनुसार रुसका विदेशमन्त्री सर्गेई लाभरोभसँग छलफलका क्रममा किम जोङले युक्रेनी संकटको मूल कारण समाधान गर्न रुसले चालेका सबै कदमुलाई समर्थन गर्ने बताएका हुन् ।

पश्चिमी अधिकारीहरूले उत्तर कोरियाले युक्रेनविरुद्धको लडाइँमा रुसलाई मद्दत गर्न ११ हजार सेना पठाएको दाबी गरेको समयमा पछिल्लो विवरण आएको हो । रुसले २०२२ फेब्रुअरीमा युक्रेनमा आक्रमण गरेको थियो । त्यसयता दुई देशबीच युद्ध जारी छ ।

धेरै पढिएको