लन्डन । गैर आवासीय नेपाली संघ (एनआरएनए) यूके प्रेम गाहा समूहका प्रवक्ता डा. कुल प्रसाद कंडेलले लगानी सम्मेलनमा भाग लिन आग्रह गरेका छन् ।
उनले संघले अक्टोबर ११ र १२, २०२५ (असोज २५–२६, २०८२) का दिन एनआरएन लगानी सम्मेलनमा सहभागी हुन अनुरोध गरेका हुन् ।
उक्त सम्मेलन नेपालमा लगानीका अवसरहरु खोज्ने उत्कृष्ट मञ्च हुने संघको विश्वास छ । यो सम्मेलन नेपाल सरकार र निजी क्षेत्रको सहकार्यमा काठमाडौंमा हुन लागेको हो ।
एनआरएन दिवसकै अवसर पारेर संघले अक्टोबर ११ मा स्वस्थ्य जीवनशैली र एकताको सन्देश दिँदै काठमाडौंमा एनआरएन म्याराथन गर्न तयारी छ ।