१५ श्रावण २०८२, बिहीबार
Follow Us

राजीनामा नदिए पद्धति र प्रक्रियाबाट लामालाई बिदाइ गर्छौंः बानियाँ

नेपालब्रिटेन संवाददाता
१४ श्रावण २०८२, बुधबार १३:४२

काठमाडौं । कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले बहादुरसिंह लामाले इमान्दारीपूर्वक मुख्यमन्त्री पदबाट राजीनामा नदिए पद्धति र प्रक्रियाबाट बिदाइ गर्ने घोषणा गरेका छन ।

आज (बुधबार) संसदीय दलको नेतामा चयन भएपछि पत्रकारहरूसँग संक्षिप्त प्रतिक्रिया दिँदै नव–निर्वाचित संसदीय दलका नेता बानियाँले यस्तो प्रतिनिक्रिया दिएका हुन । मुख्यमन्त्री लामाले संसदीय दलको नेताको हैसियत गुमाउँदैमा राजनीमा दिनु नपर्ने बताइरहेको समयमा बानियाँले यस्तो बताएका हुन ।

बानियाँले भने, ‘बहादुरसिंह लामा नेपाली कांग्रेसको संसदीय दलको नेताको हैसियतले दुई पार्टीको गठबन्धनबाट मुख्यमन्त्री हुनु भएको हो । अहिले संसदीय दलको नेताको हैसियत गुमेको अवस्था छ । त्यसकारण राजनीतिमा नैतिकता, इमान्दारिता, लोकतान्त्रिक परम्परा र परिपार्टी, जनता र पार्टीका साथीहरूको कुरालाई मान्नु भएन भने यो लोकतन्त्रको दुर्भाग्य कुरा हो ।

यसको लागि प्रक्रिया छ । धेरै लामो दिन जाँदैन । त्यो प्रक्रियालाई उहाँले मार्गप्रसस्त गरे तुरुन्तै हुन्छ । नत्र भने लोकतन्त्रको अभ्यास छ । उहाँले नचाहेर हुँदैन । पद्धति र प्रक्रियाले सहज रूपमा उहाँलाई बिदाइ गर्छौं ।’

पार्टीभित्र आन्तरिक र बाह्य संघर्ष हुनुलाई बानियाँले लोकतन्त्रको सुन्दर पक्ष भएको बताए । लोकतन्त्रमा दलका नेताले ठिक ढंगले कार्य सम्पादन नगर्दा दलीय व्यवस्थामा आफ्नो पार्टी कमजोर हुन्छ कि भनेर दलको नेतृत्व अदलीबदली हुनुलाई अन्यथा मान्न नहुने उनको तर्क छ ।

धेरै पढिएको