१७ श्रावण २०८२, शनिबार
Follow Us

बहुविवाहको कानुन ल्याउन लागेको भन्‍दै बिनु यादवको आमरण अनशन

नेपालब्रिटेन संवाददाता
१६ श्रावण २०८२, शुक्रबार १४:०१

काठमाडौं । सरकारले बहुविवाह गर्न पाउने कानुनको मस्यौदा ल्याउन लागेको भन्‍दै उक्त कानुन खारेजी विरूद्ध बिनु यादवले माइतीघरमा आमरण अनशन सुरु गरेकी छन ।

आफ्नै प्रेमीबाट बलात्कृत भएको भन्‍दै ७ वर्षदेखि न्याय माग्दै आइरहेकी बिनु यादवले माइतीघरमा बहुविवाह विरुद्ध सेतो सारी लगाएर आमरण अनसन बसेकी हुन् ।

प्रहरी, प्रशासन र अदालतमा धाइरहेकी तर कतैबाट न्याय पाउन नसकेकी उनी बहुविवाह गर्न पाउने कानुन ल्याउने सरकारको तयारीप्रति विरोध जनाउँदै सडकमा अनशनमा बसेकी हुन् । यसअघि उनी पटक–पटक माइतीघरमा अनशन बसिसकेकी छिन् ।

आफ्नै प्रेमिबाट बलात्कृत भएको उजुरी लिएर उनी २९ वैशाख ०७५ कालिमाटीस्थित प्रहरी कार्यालय पुगेकी थिइन् बिनु । यहाँबाट सुरु भएको उनको न्याय यात्रा अझै टुंगिएको छैन ।

धेरै पढिएको