२० श्रावण २०८२, मंगलवार
Follow Us

एनआरएनए १२औं महाधिवेशन: ३४ सय प्रतिनिधिले भाग लिने, यूकेबाट १७४ जना

नेपालब्रिटेन संवाददाता
१६ श्रावण २०८२, शुक्रबार २१:१२

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी अक्टोबर महिनामा आयोजना हुने १२औं महाधिवेशनमा करिब ३४ सय प्रतिनिधिहरूले सहभागिता जनाउने भएका छन्।

संघको विधानअनुसार १ हजारभन्दा बढी पञ्जीकृत सदस्य रहेका मुलुकहरूले १०० भन्दा बढी प्रतिनिधि पठाउन सक्ने व्यवस्था छ। हालसम्म संघका ५८ देशमा ८० हजार ३३ जना पञ्जीकृत सदस्य रहेका छन्।

संघको विधानअनुसार अमेरिकाबाट ४०० जना, युरोपबाट ११०० जना, मध्यपूर्वबाट ६५० जना, एशियाबाट ७०० जना, ओसिनियाबाट ४०० जना र अफ्रिकाबाट १०० जना प्रतिनिधिले महाधिवेशनमा सहभागिता जनाउनेछन्। सोही अनुसार बेलायत (यूके)बाट १५० जना पञ्जीकृत सदस्य र २४ जना केन्द्रीय पदाधिकारी गरी कुल १७४ जना प्रतिनिधिले भाग लिन पाउने छन्।

प्रतिनिधि छनोट सम्बन्धित मुलुकको राष्ट्रिय समन्वय परिषद् (एनसीसी) को निर्वाचन प्रक्रियामार्फत हुनेछ। निर्वाचनमा सहभागिता जनाउनका लागि समयमै सदस्यता नवीकरण गरिएका पञ्जीकृत सदस्यहरू मात्र योग्य मानिनेछन्।

 

धेरै पढिएको