२१ श्रावण २०८२, बुधबार
Follow Us

बागमती प्रदेशको मुख्यमन्त्रीमा बानियाँको दाबी पेस

नेपालब्रिटेन संवाददाता
१९ श्रावण २०८२, सोमबार १४:०२

मकवानपुर । बागमती प्रदेशको मुख्यमन्त्रीका लागि नेपाली काँग्रेस बागमती संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले दाबी पेस गरेका छन् ।

उनले नेपाली काँग्रेस र नेकपा (एमाले)को समर्थनसहित संविधानको धारा १६८(२) बमोजिम प्रदेश प्रमुख दीपक प्रसाद देवकोटासमक्ष दाबी पेस गरेका हुन् । मुख्यमन्त्री बन्नका लागि ५७ सांसदको समर्थन आवश्यक पर्छ। बागमती प्रदेशमा नेपाली काँग्रेसको ३७ र नेकपा एमालेको २७ सांसद रहेका छन् ।

दाबी पत्रमा काँग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ र एमाले संसदीय दलका नेता जगन्नाथ थपलियाले संयुक्त हस्ताक्षर गरेका छन् । यसअघि मुख्यमन्त्री बहादुर सिंह लामाले राजीनामा दिएपछि प्रदेश प्रमुखले नयाँ मुख्यमन्त्री नियुक्तिका लागि आह्वान गरेका थिए । प्रदेश प्रमुख कार्यालयले मङ्गलवार दिउँसो २ बजेसम्म सरकार गठनका लागि दाबी पेस गर्न आह्वान गरिएको छ ।

धेरै पढिएको