२१ श्रावण २०८२, बुधबार
Follow Us

यती एयरलाइन्स प्रायोजित ‘वुमन विथ द विङ्स’ प्रतियोगिता सम्पन्न

नेपालब्रिटेन संवाददाता
२० श्रावण २०८२, मंगलवार ०५:५०

काठमाडौं । यती एअरलाइन्सद्वारा प्रायोजित विशेष सबटाइटल ‘वुमन विथ द विङ्स’ को प्रतियोगिता पोखरामा सम्पन्न भएको छ ।

आत्मविश्वास, प्रस्तुतिको शैली, विचारशीलता र प्रेरणादायक व्यक्तित्वका आधारमा सम्पन्न प्रतियोगितामा २६ जना प्रतिस्पर्धीहरुले आ–आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए । ‘वुमन विथ द विङ्स’ सबटाइटल आत्मविश्वासी, सक्षम र प्रेरणादायी महिलाको पहिचानका लागि यती एअरलाइन्सले प्रदान गर्ने सम्मान हो ।

यस उपाधिको माध्यमबाट यती एअरलाइन्सले महिलाको सशक्तीकरण, नेतृत्व क्षमता र समावेशी भूमिकालाई प्रोत्साहन गर्दै आइरहेको छ । प्रतियोगिताको निर्णायक मण्डलमा यती एअरलाइन्सका चिफ बिजनेस अफिसर युवराज विष्ट, द हिडन ट्रेजरका निर्देशक दिवाकर राजकर्णिकार लगायत सहभागी थिए ।

प्रतियोगिताको नतिजा भने आगामी भदौ १४ गते राजधानीमा आयोजना हुने मिस नेपाल २०२५ को ग्राण्ड फिनालेमा सार्वजनिक हुने छ । यती एअरलाइन्सका अनुसार, वुमन विथ द विङ्स उपाधि विजेताले कम्पनीको सामाजिक उत्तरदायित्व अन्तर्गत सञ्चालन हुने विभिन्न अभियान तथा कार्यक्रमहरूमा प्रतिनिधित्व गर्ने अवसर पाउनेछन् ।

विजेताले एक वर्षको अवधिमा यती एअरलाइन्सका तर्फबाट महिला सशक्तीकरण, स्वास्थ्य, शिक्षा, वातावरण संरक्षण जस्ता विषयमा केन्द्रित कार्यक्रमहरूमा सक्रिय सहभागिता जनाउनेछन् ।

धेरै पढिएको