२१ श्रावण २०८२, बुधबार
Follow Us

यातायात कार्यालयका कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर

नेपालब्रिटेन संवाददाता
२१ श्रावण २०८२, बुधबार ११:११

काठमाडौँ । यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमति पत्र, कास्कीका कार्यालय सहयोगी दिपक पौडेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।

सवारी चालक अनुमति पत्रको अनलाइन फारम भरी दिने, लिखित परीक्षामा उत्तीर्ण गराई ट्रायल परीक्षामा समेत पास गरिदिने भनी सेवाग्राहीसँग घुस/रिसवत लिएको आरोपमा विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरिएको हो ।

अख्तियारको कार्यालय पोखराबाट खटिई गएको टोलीले पौडेललाई सेवाग्राहीसँग सात हजार रुपैयाँ घुस/रिसवत लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो।

पौडेललाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा बिगो रु. सात हजार रुपैयाँ कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को देहाय (क) बमोजिम कैद र सोही ऐनको दफा ३ को उपदफा (१) अनुसार बिगो बमोजिम जरिवाना सजाय हुन मागदावी लिई आज विशेष अदालत, काठमाडौँमा आरोप-पत्र दायर गरिएको अख्तियारद्वारा जारी सूचनामा उल्लेख गरिएको छ ।

धेरै पढिएको