काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार स्थिर सरकार भएको बताउनुभएको छ । काठमाडौंमा आयोजित भूमि समस्या समाधान आयोगको वार्षिक समीक्षा गोष्ठीलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
सरकार कुन बेला ढल्छ भन्ने नसोचि काम गर्न उहाँले निर्देशन दिनुभयो । विगतमा कहिले सरकार ढल्ने भन्ने चिन्ता हुने गरे पनि यो सरकार ०८४ सम्मै जाने उहाँले दाबी गर्नुभयो ।
अहिले सरकार फेरिने भनेको प्रधानमन्त्री मात्रै फेरिने र केही मन्त्रीहरू फेरिने उहाँले बताउनु भयो । दुई वटा सबैभन्दा लामो इतिहास बोकेका ठूला राजनीतिक दलहरु सरकारमा रहेकाले ढुक्क भएर काम गर्न उहाँले आग्रह गर्नुभयो ।
आफूलाई केही मानिसले कांग्रेसभित्र ठूलो समस्या भयो, संसदीय दलको नेता फेर्न १२ जनाको अभाव रहेको १२ जना पुर्याएर सरकार ढाल्ने षड्यन्त्र भइरहेको भन्ने गरेको भन्दै यस्ता कुराहरूले कान टट्याइसकेको बताउनु भयो ।