३० श्रावण २०८२, शुक्रबार
Follow Us

जानु कुँवर र सेजल श्रेष्ठ अभिनित तीज गीत‘माइतीको सम्झना आयो बरिलै ’ सार्वजनिक

नेपालब्रिटेन संवाददाता
२९ श्रावण २०८२, बिहीबार २३:१०

काठमाडौं। हिन्दु नारीहरुको महानपर्व हरितालिका तीज आउन केही दिन बाँकी भएसंगै तीजका गीतहरुको म्युजिक भिडियोहरु सार्वजनिक गर्ने क्रम निकै बढेको छ । यस्तैमा गायिका जानु कुँवर श्रेष्ठको पनि मौलिक तीज गीत‘माइतीको सम्झना आयो बरिलै ’को भिडियो सार्वजनिक भएको छ।

जानु कुँवरकै शब्द रचना ,तिर्थराज पोखरेलको संगीत र प्रेमदीप रामजलीको एरेन्ज रहेको गीतमा माइतीमा तीज मनाउदा हुने रमाइलो पक्षलाई चित्रित गरिएको छ ।पछिल्लो समय आएका बिकृत र अश्लील खाले तीजको गीत बाट दिक्क भएका श्रोता, दर्शकका लागि यो गीत एउटा मौलीक र सन्देश मुलक हुने निर्माण पक्षको दाबी छ।

विजय रुम्बा लामाद्वार सम्पादित र निर्देशित गीतको भिडियोमा बिशाल योञ्जनको छायांकन रहेको छ। जानु कुँवर र सेजल श्रेष्ठकोअभिनय रहेको भिडियोलाई गायिका जानु कुँवरको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।
गायिका कुँवरको पहिलो गीत २ बर्षअघि कोपिला गौतम संग मिलेर ‘तीज आयो लैबरिलै’ र दोस्रो गीत ‘मालिङ्गो खिपी’ दर्शकले मन पराएका थिए । यो उनको तेस्रो गीत हो ।

धेरै पढिएको