काठमाडौं । रौतहटमा सुटकेसमा महिलाको शव भेटिएको प्रकरणमा एक जना पक्राउ परेका छन् । गौर नगरपालिका–२ महादेवपट्टीकी २६ वर्षीया रूवीकुमारी साहको शव शनिबार गौर–सिरसिया सडक खण्डमा सुटकेसभित्र फेला परेको थियो ।
प्रहरीले पक्राउ परेकाको परिचय खुलाएको छैन ।रौतहट प्रहरीका डिएसपी राजु कार्कीले अन्य व्यक्ति पनि अनुसन्धानको घेरामा रहेकाले विस्तृतमा पछि बताउने उल्लेख गरे । भारतमा विवाह गरेकी रुवीकुमारी छोरा पढाउन माइती घरमा बस्दै आएकी थिइन् ।
मधेस प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआईजी उमाप्रसाद चतुर्वेदीले अनुसन्धानबाट तीन किलोमिटर पर एक घरको कोठामा हत्या गरी टेम्पोमा राखेर शव फालिएको देखिएको बताए ।