१ आश्विन २०८२, बुधबार
Follow Us

कारागारबाट भागेका १४ हजार कैदीबन्दी र थुनुवामध्ये ४ हजार जना सम्पर्कमा

नेपालब्रिटेन संवाददाता
३१ भाद्र २०८२, मंगलवार ०५:२०

काठमाडौं । जेन-जी आन्दोलनका क्रममा देशभरका कारागारबाट भागेका ४ हजार जना बढी कैदीबन्दी सम्पर्कमा आएका छन् । १४ हजार बढी कैदीबन्दी फरारमा हालसम्म ४ हजार ७ सय ७४ जना सम्पर्कमा आएको कारागार व्यवस्थापन विभागले जनाएको हो ।

धेरैजसो कैदी स्वस्फूर्त रूपमा फर्किएको र केही लाई भने नियन्त्रणमा लिनुपरेको विभागले जनाएको छ । आन्दोलनका क्रममा केन्द्रीय कारागार जगन्नाथ देवलबाट मात्र ३५ सय बढी कैदीबन्दी भागेका थिए ।

जसमा नक्कली भुुटानी शरणार्थी प्रकरणमा पूर्पक्षका लागि थुनामा रहेका एमाले नेता तथा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी पनि भागेका थिए । उनी अहिलेसम्म कारागार फर्किएका छैन ।

नख्खु कारागारबाट निस्केका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृह मन्त्री रवि लामिछाने भने कारागारमा हाजिर भैसकेका छन् ।

धेरै पढिएको