१ आश्विन २०८२, बुधबार
Follow Us

दशैंको फूलपातीमा आउने ‘बलिदान’: आमा र मातृभूमिको प्रेम गुथिएको कथा

नेपालब्रिटेन संवाददाता
१ आश्विन २०८२, बुधबार ०४:३१

काठमाडौं । यसपालिको दशैंको फूलपाती (१३ असोज)मा दर्शकमाझ  बलिदान आउने भएको छ । रोमान्टिक फिल्म निर्माणमा परिचित सन्तोष सेन यसपालि फरक बाटो रोज्दै ‘बलिदान’मार्फत देशको पीडा र घाउलाई देखाउन लागेका छन् । उनी भन्छन्, “अन्यायले नागरिकलाई निरन्तर घेरिरहँदा लाग्यो, आमा र मातृभूमिको लागि एउटा युवा कति टाढासम्म जान सक्छ भन्ने कुरा कलाबाटै देखाउनुपर्छ, र यही बाटोबाट ‘बलिदान’ जन्मियो ।”

आसुसेन फिल्म्सको ब्यानरमा बनेको यस फिल्मलाई दर्शन जीले लेखेका हुन् भने निर्माता पवन ब्राडफोर्ड विष्ट र कार्यकारी निर्माता प्रेम पुरीरहेका छन् । फिल्ममा समीर र ऋचासहित सौगात मल्ल, अर्पण थापा, कविता राय, हेमन्त बुढाथोकी, सन्तोष सेन, प्रेम पुरी, कामेश्वर चौरासिया, प्रज्वल दुलाल आदिको अभिनय रहनेछ ।

‘बलिदान’ केवल एउटा कथा मात्र होइन—यो आमा र मातृभूमि दुबैप्रतिको प्रेमको माया ट्रेल हो, जसले दर्शकको मुटु छोइरहने अपेक्षा गरिएको छ ।

धेरै पढिएको