२७ आश्विन २०८२, सोमबार
Follow Us

सुरक्षा परिषद् बैठकमा आवश्यक तयारीबारे छलफल

नेपालब्रिटेन संवाददाता
२७ आश्विन २०८२, सोमबार १३:३७

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा आज सोमबार दिउँसो २ बजे सुरक्षा परिषद्को बैठक बसेको छ। बैठकमा वर्तमान सुरक्षा अवस्थाको समग्र मूल्यांकन र आवश्यक तयारीका विषयमा विस्तृत छलफल गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

बैठक सिंहरदवारस्थित सुरक्षा परिषद् सचिवालयमा सम्पन्न भएको हो। बैठकमा देशको आन्तरिक शान्ति, सीमा सुरक्षा र समसामयिक चुनौतीहरूबारे मन्त्रालयका उच्च अधिकारीहरूले प्रतिवेदन प्रस्तुत गरेका थिए।

प्रधानमन्त्री कार्कीले बैठकमा राष्ट्रिय सुरक्षासँग सम्बन्धित सबै निकायबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताउँदै, जनताको सुरक्षालाई सरकारको पहिलो प्राथमिकता बनाइएको बताएकी थिइन् ।

बैठकमा सम्बन्धित मन्त्रीहरू, सुरक्षा निकायका प्रमुखहरू तथा परिषद् सदस्यहरूको उपस्थिति रहेको थियो।

धेरै पढिएको