१४ कार्तिक २०८२, शुक्रबार
Follow Us

रास्वपाले बोलायो ‘महासंवाद’, नयाँ राजनीतिक धुव्रीकरणको संकेत

नेपालब्रिटेन संवाददाता
१४ कार्तिक २०८२, शुक्रबार ०४:५०

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले देशको वर्तमान राजनीतिक गतिशीलतालाई सम्बोधन गर्न र भविष्यका लागि मार्गचित्र कोर्न ‘बृहत् राजनीतिक संवाद’ आयोजना गर्ने भएको छ । संवाद कार्यक्रम आज (शुक्रबार) दिउँसो १ बजे नेपाल हाउस, बालुवाटार, काठमाडौँमा आयोजना हुँदैछ ।

पार्टीका केन्द्रीय कार्यालयका अनुसार, यो संवाद वर्तमान राजनीतिक परिदृश्य, सुशासनका चुनौतीहरू र नागरिकका अपेक्षामा केन्द्रित हुनेछ । विशेषगरी, दीर्घकालीन रूपमा दिगो विकास र समृद्धिका लागि राजनीतिक स्थिरता र जनसहभागिता कसरी सुनिश्चित गर्न सकिन्छ भन्ने विषयमा छलफल गरिनेछ ।

रास्वपा उपसभापति एवं उच्च संवाद समिति प्रमुख डा. स्वर्णिम वाग्लेले यस संवादलाई महत्वपूर्ण फड्कोको संज्ञा दिँदै भने, ‘जनताको आवाज सुन्न र देशलाई सही दिशामा डोऱ्याउन यो संवाद अपरिहार्य छ । हामी विभिन्न राजनीतिक विचारधाराका प्रतिनिधिहरू, विज्ञहरू र सरोकारवालाहरूलाई एकै ठाउँमा ल्याएर रचनात्मक छलफल गर्नेछौं ।’

संवादका मुख्य उद्देश्यहरूमा जनआन्दोलनको उपलब्धिहरूलाई संस्थागत गर्ने, लोकतान्त्रिक मान्यता र राष्ट्रिय अखण्डतालाई सुदृढ गर्ने तथा आगामी निर्वाचनमा पार्टीको भूमिका र रणनीतिका बारेमा छलफल गर्ने रहेका छन् । यस कार्यक्रममा विभिन्न राजनीतिक दलका नेता, बुद्धिजीवी, नागरिक समाजका अगुवा र सञ्चारकर्मीहरूको उपस्थिति रहने अपेक्षा गरिएको छ ।

धेरै पढिएको