६ मंसिर २०८२, शनिबार
Follow Us

पेरिसडाँडामा जेनजीसँग सीधा संवाद गर्दै प्रचण्ड

नेपालब्रिटेन संवाददाता
६ मंसिर २०८२, शनिबार ०६:१९

काठमाडौं । बदलिँदो राजनीतिक परिवेश र नयाँ पुस्ताको बढ्दो वितृष्णालाई सम्बोधन गर्ने उद्देश्यसहित वाइसीएल नेपालले आज (शनिबार) विशेष अन्तरक्रिया कार्यक्रम आयोजना गर्दैछ ।

‘जेनजीसँग नेकपा’ नाम दिइएको उक्त कार्यक्रममा नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले युवा पुस्तासँग सीधा संवाद गर्ने भएका छन् । नेकपाको केन्द्रीय कार्यालयमा मध्याह्न १२ बजे सुरु हुने कार्यक्रममा संयोजक प्रचण्ड प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन् ।

पछिल्लो समय राजनीतिमा युवा आकर्षण घट्दै गएको र पुराना दलप्रति असन्तुष्टि बढिरहेको बेला नेकपाले ‘जेनजी’सँग जोडिने रणनीति लिएको देखिन्छ । आयोजक वाइसीएल नेपालका अनुसार, कार्यक्रममा युवाहरूले परिकल्पना गरेको नेपाल कस्तो हुनुपर्छ र त्यसमा पार्टीले कस्तो भूमिका खेल्नुपर्छ भन्ने विषयमा गहन अन्तरक्रिया हुनेछ । कार्यक्रममा प्रचण्डका अलावा पार्टीका अन्य शीर्ष नेताहरूले पनि युवाका जिज्ञासा सुन्ने र सम्बोधन गर्ने बताइएको छ ।

धेरै पढिएको