१० मंसिर २०८२, बुधबार
Follow Us

रास्वपा र विवेकशील साझाबीच एकता हुने

नेपालब्रिटेन संवाददाता
१० मंसिर २०८२, बुधबार १३:१४

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र विवेकशील साझा पार्टीबीच एकता हुने भएको छ । दुई दलबीचमा एकताको अन्तिम टुंगो लागिसकेको छलफलमा सहभागी दुवै दलका नेताहरूले बताएका छन् ।

दुई दलको एकताको बारेमा जानकार स्रोतले बताए अनुसार एकता घोषणा गर्ने तयारी समेत गरिएको छ । दुई दलको उच्चस्तरीय संवादपछि एकताको टुंगो लागेको जानकारी गराइएको छ ।

रास्वपाले नयाँ र वैकल्पिक शक्तिहरूसँग एकता वा सहकार्य गर्नका लागि उपसभापति डा. स्वर्णिम वाग्लेलाई जिम्मेवारी दिएको थियो ।

वैकल्पिक शक्तिहरूसँग एकता गर्ने विषयमा विवेकशील साझाका नेताहरू पनि संवादमा जुटिरहेका थिए । बुधबार पनि दुई दलका नेताहरूबीच छलफल चलेको थियो ।

धेरै पढिएको