१२ मंसिर २०८२, शुक्रबार
Follow Us

पार्टी अनिर्णयको बन्दी हुँदा क्षति पुगेको देउवा पक्षका २८ केन्द्रीय सदस्यको निष्कर्ष

नेपालब्रिटेन संवाददाता
१२ मंसिर २०८२, शुक्रबार १३:०६

काठमाडौँ। नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा पक्षका २८ केन्द्रीय सदस्यले पार्टी अनिर्णयको बन्दी हुँदा क्षति पुगेको निष्कर्ष निकालेका छन् ।

चुनावअघि नियमित महाधिवेशनको पक्षमा उभिएका देउवा पक्षका केन्द्रीय सदस्यको आज बसेको बैठकले छिटो निर्णयमा पुग्न नेतृत्वको ध्यानाकर्षण गराउने निर्णय गरेको छ ।

चुनावअघि नियमित महाधिवेशन पक्षमा रहेका केन्द्रीय सदस्यमा आज थप एक जना थपिएको जानकारी केन्द्रीय सदस्य आंगेलु शेर्पाले गराए। कुपण्डोलमा आज भएको उक्त समूहको बैठकमा केन्द्रीय सदस्य उमा रेग्मी आजबाट थपिएको जानकारी गराइएको छ ।

पार्टीले महाधिवेशनका निर्णय नलिँदा क्षति पुगेको निष्कर्ष सहित पार्टी नेतृत्वलाई ध्यानाकर्षण गराउने केन्द्रीय सदस्य शेर्पाले बताए।

उनले भने,‘पार्टीले निर्णय लिन सकेको छैन। यसले गर्दा पार्टीलाई क्षति पुगेको छ। छिटो निर्णय लिन ध्यानाकर्षण गर्ने निर्णय गरेका छौँ,’ शेर्पाले भने।

उक्त समूहले यसअघि सभापति शेरबहादुर देउवा, कार्यवाहक सभापति पूर्णबहादुर खड्का, दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा, संस्थापन इतरका नेता डा. शेखर कोइराला, विशेष महाधिवेशन पक्षधरलाई भेटेर चुनावअघि विशेष महाधिवेशनको लागि छलफल गरेका थिए।

धेरै पढिएको