४ पुष २०८२, शुक्रबार
Follow Us

चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह

नेपालब्रिटेन संवाददाता
४ पुष २०८२, शुक्रबार १२:२९

काठमाडौं । ललितपुरको ढोलाहिटीबाट गत मङ्सिर २१ गतेदेखि बेपत्ता १६ वर्षीय साहिल राईको खोजीका लागि परिवारले आग्रह गरेको छ ।

उदयपुरको बेलका नगरपालिका—३ घर भई हाल ललितपुरको ढोलाहिटी बस्दै आएका राई हराएको १४ दिनसम्म पनि सम्पर्कमा नआएपछि परिवारले खोजीका लागि आग्रह गरेको हो ।

निजका दाई सलिन राईले खोजीका लागि मङ्सिर २३ गते नै जिल्ला प्रहरी परिसर ललितपुरमा आग्रह गरिएकामा हालसम्म पत्ता नलागेपछि कसैले देखेमा नजिकको प्रहरीलाई खबर गरिदिन वा आफूलाई सम्पर्कका लागि आग्रह गरेका हुन् ।

“मेरो भाइ पहिलो पटक यसरी सम्पर्कविहीन भएको हो । ऊ बा प्र ०२ ०५५ प ४७५९ नं को स्कूटरसहित कसैलाई नभनी आफूखुसी हिँडेकामा हालसम्म भेटाउन सकेका छैनौँ”, राईले भने,“हामीले आफ्नो स्रोतबाट सबै ठाउँ खोजी गरिरहेका छौँ, कसैले देख्नु वा भेट्नुभएमा नजिकको प्रहरी वा मेरो मोबाइल नं ९७६२४२९८९९ मा सम्पर्क गरिदिन सबैलाई आग्रह छ ।”

धेरै पढिएको