४ माघ २०८२, आईतवार
Follow Us

बालेनले दिए मेयर पदबाट राजीनामा

नेपालब्रिटेन संवाददाता
४ माघ २०८२, आईतवार १०:२३

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले मेयर पदबाट राजीनामा दिएका छन्।

रास्वपाबाट राजनीतिमा सक्रिय भएसँगै उनले काठमाडौंको मेयर पदबाट राजीनामा दिएका छन्।

उनले उपमेयर सुनिता डंगोललाई आइतबार राजीनामा बुझाएका हुन्।

उनी आगामी निर्वाचनमा रास्वपाबाट प्रधानमन्त्रीका उम्मेदवार हुनेगरी झापा-५ मा निर्वाचन लड्दै छन्। हाल बालेनलाई रास्वपामा वरिष्ठ नेताको पद दिइएको छ।

यससँगै उनी महानगरमा साढे तीन वर्ष नेतृत्व गर्न पुगेका छन्।

धेरै पढिएको