२४ फाल्गुन २०८२, आईतवार
Follow Us

तरूण दल पछि हट्यो , कांग्रेस केन्द्रीय समितिको बैठक सानेपामा हुने

नेपालब्रिटेन संवाददाता
८ माघ २०८२, बिहीबार ०४:५७

नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमिति भोलि केन्द्रीय कार्यालय सानेपा जाने भएका छन्। ।

पुस ३० गते भएको विशेष महाधिवेशनबाट गगन थापा सभापति निर्वाचित भएका थिए।

थापा नेतृत्वको कार्यसमिति केन्द्रीय कार्यालय सानेपा अहिलेसम्म गएका थिएनन्। दुई वटा केन्द्रीय कार्यसमिति र संसदीय बोर्ड बैठक केन्द्रीय कार्यालय बाहिर पार्टी प्यालेस र होटलहरूमा बसेको थियो।

प्रवक्ता देवराज चालिसेले भोलि केन्द्रीय कार्यालय जाने बताए।

‘सभापतिसहित हामी भोलि केन्द्रीय कार्यालय सानेपा जान्छौं, त्यहीँ केन्द्रीय समिति बैठक पनि बस्छ,’ उनले भने।

अधिकांश नेताहरू प्रतिनिधि सभा निर्वाचनका लागि आआफ्नो क्षेत्र गइसकेकोले काठमाडौं उपत्यकामा उपलब्ध केन्द्रीय सदस्यहरूको बैठक बस्न लागेको उनको भनाइ छ।

निवर्तमान सभापति देउवा पक्षका तरूण दलका नेता कार्यकर्ताहरू केही दिन केन्द्रीय कार्यालय सानेपामै बसेका थिए। तर अहिले उनीहरूले केन्द्रीय कार्यालय छाडिसकेका छन्।

तरूण दल अध्यक्ष विद्वान गुरूङले एक विज्ञप्ति जारी गर्दै चुनावमा होमिन आग्रह गरेका छन्। अध्यक्ष गुरूङसहित उनीनिकट तरूण दलका कार्यकर्ता आगो तापेर केही दिन सानेपामा बसेका थिए।

धेरै पढिएको