११ माघ २०८२, आईतवार
Follow Us

राजेन्द्र बजगाईंले काँग्रेस परित्याग गर्ने

नेपालब्रिटेन संवाददाता
११ माघ २०८२, आईतवार १३:०६

काठमाडौँ । काँग्रेस नेता एवं पूर्वसांसद् राजेन्द्र बजगाईंले पार्टी परित्याग गर्ने भएका छन् । आइतबार सामाजिक सञ्जालमार्फत बजगाईंले केही निकृष्ट पात्रका कारण कांग्रेस परित्याग गर्ने सोचमा पुगेको बताएका हुन् ।

‘धेरै भारी मनले म नेपाली कांग्रेससँगको आबद्धता अब समाप्त गर्ने सोचमा पुगेको छु । धेरैपटक मृत्युको मुखबाट आफूलाई बचाएँ, धेरैलाई सन्तानको सुख र गास– नामसारी गरिदिएँ, कैयौँको जीवन जोगाइदिएँ’, बजगाईंले एक्समा लेखेका छन्, ‘एकाध निकृष्ट पात्रका कारण निर्दोष कांग्रेसलाई छाड्नैपर्ने भयो ।’

०७९ को प्रतिनिधिसभा निर्वाचनमा गोरखा–१ बाट निर्वाचित बजगाईंले यसपटक टिकट पाएनन् ।

धेरै पढिएको