ताजा खबर

नेपाल समूहले स्पष्टिकरण दिने, तर पार्टी नफुटाउने

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेता माधवकुमार नेपाल समूहले अध्यक्ष केपी शर्मा ओलीले सोधेको स्पष्टिकरण दिने तर पार्टी नफुटाउने निष्कर्ष निकालेको छ ।

बानेश्वरको एक होटलमा भइरहेको छलफलमा सहभागी एक नेताका अनुसार पार्टी एकताकै लागि आफूहरुले कदम चालेको तर्क गर्दै स्पष्टिकरण दिने तर पार्टी फुटाएर नजाने विषयमा छलफल भएको बताए ।

सबै नेताहरुले तोकिएको समयभित्रै स्पष्टिकरण दिने विषयमा छलफल भएको छ ।

About the author
नेपालब्रिटेन संवाददाता

नेपालब्रिटेन संवाददाता