१४ माघ २०८२, बुधबार
Follow Us

चुनावको मुखमा राष्ट्रपति र उपराष्ट्रपति विदेश भ्रमणमा जाने

नेपालब्रिटेन संवाददाता
१४ माघ २०८२, बुधबार १२:४८

काठमाडौं । सरकारले आगामी २१ फागुनमा प्रतिनिधि सभाको निर्वाचन गराउने तयारी गरेको बेला राष्ट्रपति रामचन्द्र पौडेल र उपराष्ट्रपति रामसहाय यादव विदेश भ्रमणमा जाने भएका छन ।

परराष्ट्र मन्त्रालय स्रोतका अनुसार राष्ट्रपति पौडेल माघ १८ गते जापानको चार दिने औपचारिक भ्रमणका लागि त्यता जाने तयारीमा रहका छन । नेपाल–जापान कूटनीतिक सम्बन्ध स्थापनाको ७० औँ वर्षगाँठको अवसरमा राष्ट्रपति पौडेललाई जापानले भ्रमणका लागि बोलाएको परराष्ट्र मन्त्रालय उच्च स्रोतले जानकारी दिएको छ ।

नेपाल र जापानबिच सन् १९५६ सेप्टेम्बर १ (वि.सं.२०१३ भदौ १७) मा कूटनीतिक सम्बन्ध स्थापना भएको हो । अहिले जापानमा पनि चुनावको तयारी भइरहेको छ ।

राष्ट्रपति पौडेल फर्केकै दिन उपराष्ट्रपति यादव युएई जाने तयारी भइरहेको छ । युएईमा हुने ‘वर्ल्ड गभर्मेन्ट समिट’ मा सहभागी हुन उनी त्यता जान लागेको परराष्ट्र मन्त्रालय स्रोतले जानकारी दिएको छ ।

उपराष्ट्रपति यादवको युएई जाने कार्यक्रम पहिला नै तय भइसकेका कारण राष्ट्रपति पौडेलको भ्रमण तालिका छोटो बनाएको परराष्ट्रका एक अधिकारीले जानकारी दिए । राष्ट्रपति तथा उपराष्ट्रपति एकैपटक देश बाहिर रहन नहुने परम्परा छ । त्यसैले राष्ट्रपति पौडेलको भ्रमणलाई छोटो बनाएको बताइएको छ ।

धेरै पढिएको