काठमाडौं । सिरहामा गोली हानी एक जनाको हत्या गरिएको छ । सिरहा नगरपालिका–१ का ४५ वर्षीय प्रेमनाथ यादवमाथि अज्ञात व्यक्तिले गोली चलाएका हुन् ।
स्थानीयका अनुसार यादव वडा नम्बर ७ स्थित मैनाबत्ती खोला किनार छेउको आफ्नै खेतमा ट्र्याक्टरले जोतिरहेको अवस्थामा अज्ञात व्यक्तिले गोली हानेका थिए। यादवको घटनास्थलमै मृत्यु भएको थियो ।
घटनाबारे जानकारी दिँदै वडा अध्यक्ष महेशकुमार यादवले खेत जोत्न गएका बेला उनीमाथि गोली प्रहार गरी हत्या गरिएको खबर प्राप्त भएको बताए ।