२३ माघ २०८२, शुक्रबार
Follow Us

दुर्गा प्रसाईं फेरि किन परे पक्राउ ?

नेपालब्रिटेन संवाददाता
२३ माघ २०८२, शुक्रबार ११:०६

काठमाडौँ । नागरिक बचाउन अभियान नेपालका संयोजक दुर्गा प्रसाईँ पक्राउ परेका छन् । काठमाडौँको दक्षिणकाली नगरपालिकाको चाल्नाखेलबाट शुक्रबार प्रसाईँलाई पक्राउ गरिएको हो।

ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक दीपकराज अवस्थीका अनुसार निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै निर्वाचन आयोगले प्रहरीको साइबर ब्युरोलाई पत्र पठाएको थियो । सोही आधारमा प्रसाईँलाई पक्राउ गरिएको हो।

यसअघि पनि ५ माघमा प्रसाईँ पोखराबाट पक्राउ परेका थिए ।

धेरै पढिएको