काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको खुद्रा बिक्री मूल्य पुनः समायोजन गरेको छ । निगमका अनुसार नयाँ दर सोमबार (फागुन ४) बिहानदेखि लागू गरिएको हो ।
समायोजित दरअनुसार पेट्रोलको मूल्य प्रतिलिटर एक रुपैयाँले वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर तीन रुपैयाँले बढाइएको निगमले जनाएको छ ।
अन्तर्राष्ट्रिय बजार मूल्य तथा आयात लागतका आधारमा समय-समयमा मूल्य पुनरावलोकन गर्ने प्रचलनअनुसार हालको समायोजन गरिएको निगमको भनाइ छ ।