अछामको रामारोशन गाउँपालिका–६ बाटुलासेनस्थित छडेनाको सिंगो गाउँ नै नेपाली कम्युनिष्ट पार्टी (नेकपा)मा प्रवेश गरेको छ ।
अछाम क्षेत्र नम्बर १ अन्तर्गत पर्ने उक्त गाउँमा यसअघि नेकपा एमालेको बाहुल्यता रहेको थियो । तर, आसन्न निर्वाचनमा नेकपाका उम्मेदवार भीम रावललाई विजयी गराउने उद्देश्यसहित छडेनाका एमाले कार्यकर्ताहरू सामूहिक रूपमा नेकपामा समाहित भएका हुन् ।
स्थानीय नेता भवानीप्रसाद जैशीको नेतृत्वमा रहेको एमालेको सिंगो टोल कमिटी नै नेकपामा प्रवेश गरेको जनाइएको छ ।
अछाम–१ मा नेकपाबाट भीम रावल, एमालेबाट दीपक साउँद, कांग्रेसबाट भरत स्वाँर तथा रास्वपाबाट ओमप्रकाश रावल उम्मेदवार रहेका छन् । निर्वाचन नजिकिँदै जाँदा जिल्लामा दलहरूबीचको प्रतिस्पर्धा थप चर्किँदै गएको छ ।