१४ फाल्गुन २०८२, बिहीबार
Follow Us

रास्वपा नेता राईले छाडे पार्टी

नेपालब्रिटेन संवाददाता
१४ फाल्गुन २०८२, बिहीबार १४:०१

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कास्कीका नेता राजु राईले पार्टी छाडेको घोषणा गरेका छन । ‘टिकट वितरणमा सुरुदेखि नै असन्तुष्ट रहेका उनले बिहीबार सामाजिक सञ्जाल मार्फत पार्टी छाडेको घोषणा गरेका हुन् ।

‘राजनीति भनेको सोझो र इमानदारले गर्ने काम होइन रहेछ । आजदेखि राजनीति र पार्टीको लागि १ कौडी पैसो र १ सेकेन्ड समय पनि खेर फाल्ने छैन, ‘अब स्वतन्त्र नागरिक भएर समाज सेवामा लाग्नेछु ।’ उनी २०७९ को चुनावमा कास्की १ बाट रास्वपा उम्मेदवार थिए ।

त्यतिबेला राजुले १० हजार ९ सय ४१ मत पाएका थिए । तत्कालीन समयमा रास्वपाले सोही क्षेत्रबाट समानुपातिक तर्फ १५ हजार ८ सय ६४ मत ल्याएको थियो ।

धेरै पढिएको