२५ बैशाख २०८३, शुक्रबार
Follow Us

वेलायतको स्थानीय निर्वाचनमा नेपाली दम्पतीको ऐतिहासिक विजय

नेपालब्रिटेन संवाददाता
२५ बैशाख २०८३, शुक्रबार १८:३०

लन्डन । वेलायतमा बिहीबार सम्पन्न स्थानीय निर्वाचनमा नेपाली मूलका उम्मेदवारहरूले उल्लेखनीय सफलता हासिल गरेका छन्। यस क्रममा नेपाली दम्पती नै काउन्सिलर पदमा निर्वाचित हुनु विशेष उपलब्धिका रूपमा हेरिएको छ।

प्राप्त अन्तिम परिणामअनुसार, लन्डनस्थित रोयल बरो अफ ग्रीनवीचको प्लमस्टेड एन्ड ग्लिन्डन वार्डबाट लेबर पार्टीका तर्फबाट उम्मेदवारी दिएका पूर्व मेयर जीत रानाभाट १६१० मतसहित काउन्सिलर पदमा निर्वाचित भएका छन्। रानाभाट यसअघि सोही बरोको मेयर पदसमेत सम्हालिसकेका अनुभवी राजनीतिज्ञ हुन्।

त्यसैगरी, सोही बरोअन्तर्गत एबीउड (Abbey Wood) वार्डबाट उनकी पत्नी गौमाया गुरुङ पनि काउन्सिलर पदमा विजयी भएकी छन्। एउटै निर्वाचनमा श्रीमान्–श्रीमती दुवै निर्वाचित हुनु नेपाली समुदायका लागि गौरवपूर्ण उपलब्धि मानिएको छ।

हालसम्म सार्वजनिक परिणामअनुसार, यस स्थानीय निर्वाचनमा सहभागिता जनाएका दुई दर्जनभन्दा बढी नेपाली उम्मेदवारमध्ये जीव बेलवासे, प्रतिक्षा गुरुङ, लक्ष गुरुङ, गौमाया गुरुङ र उत्तर गुरुङलगायत उम्मेदवारहरू विजयी भइसकेका छन्। अन्य परिणामहरू आउने क्रम जारी रहेको निर्वाचन अधिकारीहरूले जनाएका छन्।

धेरै पढिएको