२५ बैशाख २०८३, शुक्रबार
Follow Us

बेलायतको स्थानीय निर्वाचनमा तीन गैरआवासीय नेपाली उम्मेदवार विजयी

नेपालब्रिटेन संवाददाता
२५ बैशाख २०८३, शुक्रबार १३:४४

लन्डन । बेलायतमा बिहीबार सम्पन्न स्थानीय निर्वाचनमा तीन जना गैरआवासीय नेपाली उम्मेदवार विजयी भएका छन्।

शुक्रबार दिउँसोसम्म प्राप्त नतिजाअनुसार विभिन्न स्थानीय निकायका काउन्सिलर पदमा नेपाली मूलका उम्मेदवारहरूले सफलता हासिल गरेका हुन्।
रेडिङस्थित ब्याटल वार्डबाट प्रतिक्षा गुरुङ ले लेबर पार्टी बाट उम्मेदवारी दिँदै काउन्सिलरमा जित हासिल गरेकी छन्।

यसैगरी, अल्डरशटको म्यानर पार्क वार्डबाट जीब बेलबासे निर्वाचित भएका छन्। उनी गैरआवासीय नेपाली संघ यूके का पूर्व प्रवक्ता हुन् र अर्घाखाँची जिल्लाबाट बेलायत आएका हुन्।
त्यस्तै, भूतपूर्व ब्रिटिश गोर्खा उत्तर गुरुङ पनि काउन्सिलर पदमा निर्वाचित भएका छन्। हालसम्मको परिणामअनुसार रिफर्म यूके पार्टी ले ५९४ सिट जित्दै अग्रस्थानमा रहेको छ। त्यसपछि लिबरल डेमोक्रेट्स ले ३७४, कन्जरभेटिभ पार्टी ले ३२५ र लेबर पार्टी ले ३१० सिटमा विजय हासिल गरेका छन्।
मतगणना अझै जारी रहेको छ।

धेरै पढिएको