काभ्रेपलाञ्चोक । बिपी राजमार्गको बुच्चाकोट नजिक सेल्फी डाँडामा बस दुर्घटना भएको छ । दुर्घटनामा हालसम्म ७ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी घाइते भएका १५ जनालाई उद्धार अस्पताल पठाइएको उनले जानकारी दिएका छन । काभ्रेपलान्चोकको बनेपाबाट जिल्लाको रोसी गाउँपालिकाको सुँगुरेतर्फ जाँदै गरेको ब ३ ख ८३९८ नम्बरको यात्रुवहाक बस शुक्रबार दिउँसो दुर्घटना भएको हो ।
प्राप्त प्रारम्भिक जानकारी अनुसार बस वीपी राजमार्गअन्तर्गत भकुण्डे नजिक बुच्चाकोट डाँडो भन्ने स्थानबाट करिब ३०० मिटर तल खसेको हो। दुर्घटनामा परेकाहरूको उद्धार कार्य जारी रहेको छ। घाइतेहरूलाई भिरबाट माथि ल्याउने काम भइरहेको छ।
प्रहरी, स्थानीयवासी तथा उद्धारकर्मीहरूको टोली घटनास्थलमा परिचालित रहेको छ। दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।