११ असार २०८३, बिहीबार
Follow Us

रास्वपा महामन्त्री उम्मेदवारमा ८ जना

नेपालब्रिटेन संवाददाता
११ असार २०८३, बिहीबार १८:३६

चितवन । रास्वपाको महामन्त्रीमा राजु पाण्डेले उम्मेदवारी घोषणा गरेका छन् । केन्द्रीय सदस्यको मत परिणाम सार्वजनिकसँगै उनले सामाजिक सन्जालबाट महामन्त्रीमा उम्मेदवारी घोषणा गरेका हुन् ।

प्रतिनिधि सभा सदस्य पाण्डे प्रधानमन्त्री बालेन साह काठमाडौँको मेयर हुँदा नगर प्रहरी प्रमुख थिए । उनीसँगै महामन्त्रीमा उम्मेदवारी घोषणा गर्नेको संख्या ८ पुगेको छ ।

शिशिर खनाल, सागर ढकाल, रन्जु दर्शना, मनिष झा, विपिन आचार्य, प्रमोद न्यौपानेले र गणेश कार्कीले यसपूर्व नै महामन्त्रीमा उम्मेदवारी घोषणा गरिसकेका छन् ।

धेरै पढिएको