काठमाडौं । आज फिफा विश्वकपको पहिलो खेलमा स्पेन र अस्ट्रिया भिडदैँ छन् । यी दुई टोली ४४ वर्षपछि फुटबल विश्वकपमा आमने सामने हुन लागेका हुन । यो खेल लस एन्जलस स्टेडियममा नेपाली समय अनुसार राति १२ः४५ बजेवाट सुरु हुनेछ।
स्पेन र अस्ट्रियाबीच हालसम्म कुल १६ खेल खेलिएका छन्। यसमा स्पेनको पल्ला भारी देखिएको छ । स्पेनले ९ खेल जितेको छ भने अस्ट्रियाले ४ खेल जितेको छ, साथै ३ खेल बराबरीमा टुंगिएका छन्।
फिफा विश्वकपमा यी दुई टोलीबीच हुन लागेको यो दोस्रो भेट हुनेछ। सन् १९७८ को विश्वकपमा भएको उनीहरूको अघिल्लो भेटमा अस्ट्रिया २–१ ले विजयी भएको थियो।
स्पेनिस टोली कुनै पनि खेल नहारी समूह ‘एच’ बाट नकआउट चरणमा प्रवेश गरेको टोली हो । तीन खेलमध्ये दुई जित र एक बराबरीसहित टोली समूहको शीर्ष स्थानमा रहेर अन्तिम ३२ मा सुरक्षित भएको हो । त्यसका लागि स्पेनले साउदी अरेबियालाई ४–० र उरुग्वेलाई १–० ले पराजित गरेको थियो भने पहिलो पटक विश्वकप खेल्न आएको केप भर्डेविरुद्धको खेलमा भने ०–० को बराबरीमा रोकिन बिवस भएको थियो ।
उता, समूह ‘जे’ मा रहेको स्ट्रियाले तीन खेलमा एक जित, एक हार र एक बराबरीको नतिजा निकालेर स्पेनसँग भिडन आएको हो । अस्ट्रियाले जोर्डनलाई ३–१ ले हरा पनि दोस्रो खेलमा अर्जेन्टिनासँग ०–२ को हार बेहोरेको थियो । तर, त्यसपछि अल्जेरियासँग ३–३ को बराबरी खेलेकाले उ अन्तिम ३२ मा सुरक्षित हुन पुगेको हो ।
स्पेन गोल र असिस्टका लागि आफ्ना युवा विंगर लामिन यामलमा निर्भर रहनेछ भने अस्ट्रिया आफ्ना कप्तान तथा मिडफिल्डर मार्सेल साबिट्जरको प्रदर्शनमा भर पर्नेछ।
दुवै टोलीका सम्भावित सुरुवाती ११ खेलाडीहरूः
स्पेनः डेभिड राया, डानी कार्भाहाल, रोबिन ले नोरमान्ड, एमेरिक लापोर्टे, मार्क कुकुरेला, रोड्री, फाबियन रुइज, पेद्री, लामिन यामल, अल्भारो मोराटा, निको विलियम्स।
अस्ट्रियाः प्याट्रिक पेन्ट्ज, स्टेफान पोश, केभिन डान्सो, फिलिप लिनहार्ट, फिलिप म्वेने, निकोलस सिवाल्ड, कोनराड लाइमर, प्याट्रिक विमर, क्रिस्टोफ बाउमगार्टनर, मार्सेल सबिट्जर, माइकल ग्रेगोरिच।