११ श्रावण २०८३, सोमबार
Follow Us

लगातारको दोस्रो हारपछि नेपाल आज पुनः नामिबियासँग भिड्दै

नेपालब्रिटेन संवाददाता
११ श्रावण २०८३, सोमबार ०४:१९

काठमाडौं । लगातार दुई खेल हारेको नेपाल आज नामिबियासँग खेल्दैछ । आइसिसी पुरुष विश्वकप लिग २ मा दुइ खेलमा पराजय भोगेको नेपालले आज नामिबियाको सामना गर्न लागेको हो। नेदरल्यान्ड्समा आज हुने हुने खेलमा नेपालले नामबियासँग नेपाली समयअनुसार दिउसो २ः४५ बजेबाट खेल्न सुरू गर्नेछ ।

नेपाल पछिल्लो खेलमा पनि नामिबियासँग ८ विकेटले पराजित भएको थियो भने सो अघि नेदरल्यान्ड्ससँग पनि नेपाल ६ विकेटले पराजित भएर लगातार दोस्रो हार भोगिसकेको छ। पछिल्लो पटक नेपालले ब्याटिङ र बलिङ दुवै कमजोर गरेको आलोचकहरूले जनाएका छन।

३० खेलमा २४ अंक जोडेको नेपाल पाचौं स्थानमा छ भने  समान खेलबाट समान अंकसहित नामिबिया एककदम अर्थात छैटौं स्थानमा छ। सोही समुहमा रहेको अमेरिकाले ३२ खेलवाट ४३ अंकसहित ग्लोबल छनोटमा स्थान सुरक्षित गरिसकेको छ ।

धेरै पढिएको