१७ आश्विन २०८३, शनिबार
Follow Us

युवा नेता शंकर तिवारीद्वारा कांग्रेस महामन्त्रीमा उम्मेद्वारी घोषणा गर्ने

नेपालब्रिटेन संवाददाता
१७ आश्विन २०८३, शनिबार १९:१६

काठमाडौं — युवा नेता शंकर तिवारीले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा महामन्त्री पदमा आफ्नो उम्मेद्वारी घोषणा गर्ने भएका छन्।

तिवारीले उम्मेद्वारी घोषणा कार्यक्रममार्फत पार्टीको आगामी महाधिवेशनमा महामन्त्री पदका लागि आफ्नो राजनीतिक धारणा तथा प्राथमिकताहरू सार्वजनिक गर्ने जनाइएको छ। कार्यक्रमका लागि पार्टीका नेता, कार्यकर्ता, शुभेच्छुक तथा सञ्चारकर्मीलाई उपस्थितिका लागि अनुरोध गरिएको छ।

उम्मेद्वारी घोषणा कार्यक्रम २०८३ असोज १८ गते आइतबार बिहान ९ बजे काठमाडौंको होटल उड ल्यान्ड, दरबारमार्ग (सालिकसँगै), ग्राउन्ड हलमा आयोजना हुने बताइएको छ।

कार्यक्रममा उपस्थित भई साथ र समर्थन प्रदान गर्न तिवारीले सबैमा हार्दिक अनुरोध गरेका छन्।

कार्यक्रम विवरण:

उम्मेदवार: शंकर तिवारी
पद: नेपाली कांग्रेस महामन्त्री
महाधिवेशन: १५औँ महाधिवेशन
मिति: २०८३ असोज १८ गते, आइतबार
समय: बिहान ९ बजे
स्थान: होटल उड ल्यान्ड, दरबारमार्ग (सालिकसँगै), ग्राउन्ड हल
सम्पर्क: ९८०१०८६९३४

धेरै पढिएको